Wednesday, December 15, 2010

password protect files and folders बनाउन

हामीले प्रयोग गर्ने computer मा कयौ यस्ता file वा folders हरु पनि हुन सक्छन जुन अती गोप्य वा अत्यावस्यक पनि हुन सक्दछन् । त्यसैले हामीले कयौ file वा फोल्डर हरु hide गरेर राख्दछौ तर सामान्य ज्ञान मात्र भएका व्यक्ती हरुले ती फाइल वा फोल्डर हरुलाई सजिलै हेर्न सक्दछ । त्यस्तो अवस्थामा हामीलाई साह्रै अप्ठ्यारो पर्न सक्दछ, त्यसैले म आज तपाईंलाई फाइल वा फोल्डर हरु password protect कसरी गर्ने भन्ने जानकारी गराउदै छु ।

win. logon message बनाउन

दैनिक जिवनमा आजकाल कम्प्युटर अत्यावस्क वस्तु जस्तै भैसकेको छ । हामी घर्-घर मा कम्प्युटर राख्न थाली सकेका छौ । हरेक व्यक्ती सँग कम्प्युटर सम्बन्धी सम्पुर्ण ज्ञान हुन्छ नै भन्ने छैन । तर साथी हरुले कम्प्युटरमा बिभिन्न प्रकारका नयाँ कुरा हरु देखाउदा आफुलाई पनि कुनै नयाँ कुरा गर्न पाए हुन्थ्यो जस्तो हुन सक्छ, त्यसैले म आज तपाईंलाई कम्प्युटर logon गर्दा आफुले चाहेको message कसरी राख्ने भन्ने कुरा भन्न गैरहेको छु । तपाईंका कयौ साथी हरु लाई यो सम्बन्धी थाहा नहुन पनि सक्छ, त्यस्तो अवस्थामा तपाईंले उनिहरुलाई नयाँ कुरा सिकाउन पनि सक्नु हुन्छ । मेसेज कसरी राख्ने ?

Monday, August 30, 2010

start menu बाट run command हराएमा

भर्खरै किनेर ल्यायको नयाँ कम्प्युटर मा कहिले काँही run command नहुन सक्छ वा कहीले काँही गल्तीले गर्दा run command disable हुन सक्छ । यस्तो अवस्थामा कयौ लाई कसरी कमाण्ड enable गर्ने भन्ने थाहा नहुन सक्छ । त्यसैले म तपाईंलाई यस्तो अवस्था आएमा कसरी run command enable गर्ने भन्ने बारे भन्न गैरहेको छु ।


Monday, June 28, 2010

कम्प्युटर partation


धेरै जसो नयाँ कम्प्युटरमा एउटा मात्र drive छुट्ट्याइएको हुन्छ । त्यसैले धेरै जसो लाई कम्प्युटरका अरु drive  कसरी छुट्ट्याउने भन्ने थाहा नहुन सक्छ र यदि कसैलाई drive हुदाहुदैपनी अरु drive बनाउन मन लाग्न सक्छ या भनौ कुनै secret drive को आवस्यक्ता पर्न सक्छ यस्तो अबस्थामा कम्प्युटरको partition गर्नु पर्ने आवस्यक्ता पर्‍यो भने हामीले कम्प्युटर फरम्याट गर्नु पर्ने हुनसक्छ तर म तपाईंलाई एउटा यस्तो उपायको जानकारी दिन गैरहेकोछु जस्बाट  तपाईंले कम्प्युटर फरम्याट नगरिकनै कम्प्युटर partition गर्न सक्नु हुन्छ । चाहे त्यो नयाँ कम्प्युटर होस् वा पुरानो । कसरी ? 

कम्पयुटर सम्बन्धि केही कुरा ।

१. कम्प्युटरमा भएका फाइलहरू hide भएमा :
कहिले काँही तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर  पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ ।विभिन्न Virus वा कुनै Script हरुको कारण  यस्तेा समस्या देखा पर्दछन् ।
यो समस्या समाधान गर्न
१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।
२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\

CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
३ CheckedValue कि मा Double क्लिक गर्नुस्
४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।



अब हेर्नुस त तपार्इकेा फाइल देखियेा हेाला ।


Thursday, May 20, 2010

GOOGLE सँग केहि रमाइलेा गरौ

के तपाईंलार्इ थाहा छ ,
google सबै कुराकेा सर्च इन्जिन मात्र नभएर एउटा रमाइलेा web पनि हेा ।
आज म तपाईंलार्इ google केा केहि रमाइलेा पक्ष बारे जानकारी दिन गइरहेकेा छु , जसकेा प्रयेाग बाट तपाईं आफ्ना साथीभाईलाई अचम्मित पार्न सक्नुहुन्छ ।

तर कसरी म तपाईंलार्इ भन्छु ।


फ्रि मा sms गर्नुस् ।

के तपाईंलाई थाहा छ । विश्वभरि हामी फ्रि मा sms  गर्न सक्छैा नी , न त यस्केा लागी कुनै एकाउन्ट नै चाहिन्छ न त कुनै झन्झट नै हुन्छ मात्र एक क्लिकमा संसारकेा जुन ठाँउमा पनि free मा unlimited sms पठाउन सकिन्छ ।

कसरि ?

Sunday, May 16, 2010

देाषी केा ?

योगेन्द्र उपाध्याय "पुष्प"
जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन, कुसँस्कारको रँग समान रुपले वृद्धमा, यूवामा । संस्कार जोगाउने वृद्धले हस्तान्तरण गर्नुपर्ने यूवामा, वृद्ध कोचाउन चाहन्छ, यूवा कोचित हुन चाहन्न । दोषि को ? कुम्हाले वा काँचो भाँडो ! दोष दिन सजिलो छ यूवालाई दोषि छन् यूवा ! दोष दिन्छ वृद्ध समाज तर दोष दिन मिल्ने वृक्ष किन बनाइयो ? किन काट छाँट गरिएन ? सँख्यात्मक फल धेरै फल्छ भनेर ? तर गुणात्मक ? यूवामा कोयामात्र धेरै छ । आँशु बगाउन सजिालो छ, आँशु पिउन गाह्रो । सागर बग्न सजिलो छ, सागर सुक्न गाह्रो । सागर आँशुको बगाउँछन् वृद्धले, सागर आँशुको सुकाए यूवाले । सागर बगेको सबै देख्छन, सागर सुकेको कोहि देख्दैन । बगेमा त बरु कमसेकम पानी त रहन्छ, सुके साथमा क्यैन क्यै ! यूवाले सुकायो, वृद्धले बगायो । बढि पीडीत को ? मौलिकता दुवैलाई प्यारो छ । तर सुकेको सागरको मौलिकता सागर रहनु नै हो भनेर बुझ्न नसक्नेहरु सागरको तल्लो सतहमा जमेका माछाका गन्हाएका लाशहरु देखेर भन्छन् — यो सागर काम नलाग्ने भयो । हो ! पहिलेका सागर सुक्यौँ हामी, अहिलेको मौलिकता यहि हो हाम्रो गन्हाउने लाश ! नाक थुन्छ वृद्ध तर हामी पानीजस्तो कोमल हुँदा घामबाट बच्न शीतल छाँया दिएनन् । अब दोषि को ? त्यो कोमल चीज जो आफै आफ्नो सँरक्षण गर्न सक्दैन या त्यो सक्षम जसले कोमल वस्तुको आवश्यक सँरक्षण गर्न सक्दैन । यूवाको मौलिकता गन्हायो गन्ध नै प्यारो यूवालाई । यूवा गन्हायो भन्न सजिलो वृद्धलाई । कुहेको एउटा आलु भएको बोरामा यूवालाई हाल्ने को ? स्वयँ यूवा ! अहँ ! आलु कहिल्यै आफै गुडेर बोरा भित्र जाँदैन । के गरोस् यूवा ? किन नकुहोस् ! बन्द बोराबाट झिकेर कोहि त खाँदैन ।

"Show Desktop" Icon लाई Restore गर्ने तरिका

कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?

विन्डेाज ७ का अप्ठ्यारा पक्षहरू

Microsoft को नयाँ अपरेटिङ सिस्टम Windows 7 ले अपेक्षित सफलता पाइरहेको छ । यसका 'कुल फिचर' को धेरैले प्रशंसा गरिरहेका छन् भने यसको लुक्सको पनि तारिफ गर्नेहरू धेरै छन् । हलुका र आकर्ष डिजाइनमा आएको Windows 7 का केही कमजोरी पक्ष पनि छन्, जसले प्रयोगकर्तालाई दिक्क लगाइरहेको छ ।
Windows 7 अघिको अपरेटिङ सिस्टम Windows Vista मा भएका कमजोर सुरक्षा व्यवस्था, हार्डवेयर ड्राइभर, नचाहिँदा नोटिफिकेसनहरूको समस्या समाधान गरे पनि यसमा अन्य खालका नचाहिँदा खालका सुविधा थपिएका छन् ।
अझै पनि सबैखाले प्रिन्टरको ड्राइभ समेट्न नसक्नु यसको कमजोरी हो भने अन्य सानातिना झमेला आइरहन्छन् जसले प्रयोगकर्तालाई दिक्क पार्छ । यसैगरी, नचाहिने ठाउँमा पनि धेरैथरीका छनोट उपलब्ध गराइएको छ । Windows 7 को होम प्रिमियम भर्सनमा भएका काम नलाग्ने फिचरबारे यहाँ चर्चा गरिँदै छ ।


१.

सहमति गर्न २४ घण्टाको समय थप ।

प्रमुख राजनैतिक दलहरुलाई ४८ घण्टा भित्र सहमति गर्न दवाव दिएको नेपाल उद्योग बाणिज्य महासंघले दलहरुलाई सहमती गर्नको लागी २४ घण्टाको समय थपिदिएको छ ।हिजो शनिवार परेकोले विदा भएकोले एक दिन समय थप गरिएको महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले जानकारी दिनुभयो । 

Saturday, May 15, 2010

एक्जुकेटिव ल्यापटप : सोनी भायो ११७

कुनै समय पर्सनल कम्प्युटरको पर्याय बनेको डेस्कटप कम्प्युटरको स्थान अहिले ल्यापटप कम्प्युटरले लिन थालेको छ । एक दशकअघिसम्म डेस्कटप कम्प्युटर उच्च अधिकारीहरूको सान बन्थ्यो भने अब ल्यापटपले सो स्थान ओगट्न थालेको छ । उच्च क्षमताका ल्यापटपको विकाससँगै डेस्कटपको स्थान ल्यापटपले लिन थालेको छ । बजारमा विभिन्न खालका ल्यापटप आएका छन् । ल्यापटपको भीडमा आफूलाई चाहिने ल्यापटप छान्न निकै कठिन बन्दै गएको छ ।