Thursday, May 20, 2010

GOOGLE सँग केहि रमाइलेा गरौ

के तपाईंलार्इ थाहा छ ,
google सबै कुराकेा सर्च इन्जिन मात्र नभएर एउटा रमाइलेा web पनि हेा ।
आज म तपाईंलार्इ google केा केहि रमाइलेा पक्ष बारे जानकारी दिन गइरहेकेा छु , जसकेा प्रयेाग बाट तपाईं आफ्ना साथीभाईलाई अचम्मित पार्न सक्नुहुन्छ ।

तर कसरी म तपाईंलार्इ भन्छु ।


फ्रि मा sms गर्नुस् ।

के तपाईंलाई थाहा छ । विश्वभरि हामी फ्रि मा sms  गर्न सक्छैा नी , न त यस्केा लागी कुनै एकाउन्ट नै चाहिन्छ न त कुनै झन्झट नै हुन्छ मात्र एक क्लिकमा संसारकेा जुन ठाँउमा पनि free मा unlimited sms पठाउन सकिन्छ ।

कसरि ?

Sunday, May 16, 2010

देाषी केा ?

योगेन्द्र उपाध्याय "पुष्प"
जीवनको अन्तीम चरणमा उभिएका समाजका बयोवृद्धहरु जीवनको अनेकन भोगाइहरु भोगेर पनि निरीह, शक्तिहीन र लाचार भइ सजीवको सहारा नपाएपछि नीर्जीव लौरोको सहारामा जब उभिन्छन तब सम्पूर्ण यूवा समाज पात्र हुन्छ धिक्कारको ! जब यूवावर्ग आफ्ना कर्तव्य र सँस्कृति विर्सेर आफ्ना काँधमा आएका जिम्मेवारी पनि धान्न नसकी खुट्टा लडखडाएर जमीनमा पछारिन पुग्छन्, तब सम्पूर्ण वृद्ध समाज पात्र हुन्छ धिक्कारको ! समाज बिग्य्रो, पारिस्थितीक प्रणाली भत्क्यो दोषि न वृद्ध न यूवा, किनकि दुबै चाहन्नन लिन दोष । दोषारोपण वृद्धद्वारा यूवामा, यूवाद्वारा वृद्धमा । कोहि अछुतो छैन, कुसँस्कारको रँग समान रुपले वृद्धमा, यूवामा । संस्कार जोगाउने वृद्धले हस्तान्तरण गर्नुपर्ने यूवामा, वृद्ध कोचाउन चाहन्छ, यूवा कोचित हुन चाहन्न । दोषि को ? कुम्हाले वा काँचो भाँडो ! दोष दिन सजिलो छ यूवालाई दोषि छन् यूवा ! दोष दिन्छ वृद्ध समाज तर दोष दिन मिल्ने वृक्ष किन बनाइयो ? किन काट छाँट गरिएन ? सँख्यात्मक फल धेरै फल्छ भनेर ? तर गुणात्मक ? यूवामा कोयामात्र धेरै छ । आँशु बगाउन सजिालो छ, आँशु पिउन गाह्रो । सागर बग्न सजिलो छ, सागर सुक्न गाह्रो । सागर आँशुको बगाउँछन् वृद्धले, सागर आँशुको सुकाए यूवाले । सागर बगेको सबै देख्छन, सागर सुकेको कोहि देख्दैन । बगेमा त बरु कमसेकम पानी त रहन्छ, सुके साथमा क्यैन क्यै ! यूवाले सुकायो, वृद्धले बगायो । बढि पीडीत को ? मौलिकता दुवैलाई प्यारो छ । तर सुकेको सागरको मौलिकता सागर रहनु नै हो भनेर बुझ्न नसक्नेहरु सागरको तल्लो सतहमा जमेका माछाका गन्हाएका लाशहरु देखेर भन्छन् — यो सागर काम नलाग्ने भयो । हो ! पहिलेका सागर सुक्यौँ हामी, अहिलेको मौलिकता यहि हो हाम्रो गन्हाउने लाश ! नाक थुन्छ वृद्ध तर हामी पानीजस्तो कोमल हुँदा घामबाट बच्न शीतल छाँया दिएनन् । अब दोषि को ? त्यो कोमल चीज जो आफै आफ्नो सँरक्षण गर्न सक्दैन या त्यो सक्षम जसले कोमल वस्तुको आवश्यक सँरक्षण गर्न सक्दैन । यूवाको मौलिकता गन्हायो गन्ध नै प्यारो यूवालाई । यूवा गन्हायो भन्न सजिलो वृद्धलाई । कुहेको एउटा आलु भएको बोरामा यूवालाई हाल्ने को ? स्वयँ यूवा ! अहँ ! आलु कहिल्यै आफै गुडेर बोरा भित्र जाँदैन । के गरोस् यूवा ? किन नकुहोस् ! बन्द बोराबाट झिकेर कोहि त खाँदैन ।

"Show Desktop" Icon लाई Restore गर्ने तरिका

कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो । तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?

विन्डेाज ७ का अप्ठ्यारा पक्षहरू

Microsoft को नयाँ अपरेटिङ सिस्टम Windows 7 ले अपेक्षित सफलता पाइरहेको छ । यसका 'कुल फिचर' को धेरैले प्रशंसा गरिरहेका छन् भने यसको लुक्सको पनि तारिफ गर्नेहरू धेरै छन् । हलुका र आकर्ष डिजाइनमा आएको Windows 7 का केही कमजोरी पक्ष पनि छन्, जसले प्रयोगकर्तालाई दिक्क लगाइरहेको छ ।
Windows 7 अघिको अपरेटिङ सिस्टम Windows Vista मा भएका कमजोर सुरक्षा व्यवस्था, हार्डवेयर ड्राइभर, नचाहिँदा नोटिफिकेसनहरूको समस्या समाधान गरे पनि यसमा अन्य खालका नचाहिँदा खालका सुविधा थपिएका छन् ।
अझै पनि सबैखाले प्रिन्टरको ड्राइभ समेट्न नसक्नु यसको कमजोरी हो भने अन्य सानातिना झमेला आइरहन्छन् जसले प्रयोगकर्तालाई दिक्क पार्छ । यसैगरी, नचाहिने ठाउँमा पनि धेरैथरीका छनोट उपलब्ध गराइएको छ । Windows 7 को होम प्रिमियम भर्सनमा भएका काम नलाग्ने फिचरबारे यहाँ चर्चा गरिँदै छ ।


१.

सहमति गर्न २४ घण्टाको समय थप ।

प्रमुख राजनैतिक दलहरुलाई ४८ घण्टा भित्र सहमति गर्न दवाव दिएको नेपाल उद्योग बाणिज्य महासंघले दलहरुलाई सहमती गर्नको लागी २४ घण्टाको समय थपिदिएको छ ।हिजो शनिवार परेकोले विदा भएकोले एक दिन समय थप गरिएको महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले जानकारी दिनुभयो । 

Saturday, May 15, 2010

एक्जुकेटिव ल्यापटप : सोनी भायो ११७

कुनै समय पर्सनल कम्प्युटरको पर्याय बनेको डेस्कटप कम्प्युटरको स्थान अहिले ल्यापटप कम्प्युटरले लिन थालेको छ । एक दशकअघिसम्म डेस्कटप कम्प्युटर उच्च अधिकारीहरूको सान बन्थ्यो भने अब ल्यापटपले सो स्थान ओगट्न थालेको छ । उच्च क्षमताका ल्यापटपको विकाससँगै डेस्कटपको स्थान ल्यापटपले लिन थालेको छ । बजारमा विभिन्न खालका ल्यापटप आएका छन् । ल्यापटपको भीडमा आफूलाई चाहिने ल्यापटप छान्न निकै कठिन बन्दै गएको छ ।