Wednesday, December 15, 2010

password protect files and folders बनाउन

हामीले प्रयोग गर्ने computer मा कयौ यस्ता file वा folders हरु पनि हुन सक्छन जुन अती गोप्य वा अत्यावस्यक पनि हुन सक्दछन् । त्यसैले हामीले कयौ file वा फोल्डर हरु hide गरेर राख्दछौ तर सामान्य ज्ञान मात्र भएका व्यक्ती हरुले ती फाइल वा फोल्डर हरुलाई सजिलै हेर्न सक्दछ । त्यस्तो अवस्थामा हामीलाई साह्रै अप्ठ्यारो पर्न सक्दछ, त्यसैले म आज तपाईंलाई फाइल वा फोल्डर हरु password protect कसरी गर्ने भन्ने जानकारी गराउदै छु ।
यस्का निम्ती तपाईंले एउटा सानो file download गर्नु पर्ने छ ।

फाइल download गर्न यसमा क्लिक गर्नुहोस् । SafeHouse Explorer


तरिका :
१. माथि दिइएको लिन्क मा क्लिक गर्नुस् । क्लिक गरे पछी यस्तो विन्डो खुल्ने छ ।
२. download Now मा click गरेर फाइल download गर्नु होस् अनी install गर्नुहोस् ।
३. install गरिसकेपछी private फोल्डर बनाउन "New volume" मा क्लिक गर्नुस् । 

तपाईंले आफुले चाहे जति file वा folder राख्न आफुले चाहे जति size मा चाहे जति volume राख्न सक्नु हुन्छ । 

४. volume बनाइसकेपछी my copmputer खोल्नुहोस् । त्यहाँ तपाईंले बनाएको volume देख्न सक्नु हुन्छ । 



सबै step पछी अब तपाईंले आफुले राख्न चाहेका file वा folder लाई drag & drop गरेर volume भित्र हाल्नुहोस् । तपाईंका file वा folder हरु अब तुरुन्तै password protect हुनेछन । अब तपाईंका file वा folder खोल्न अरुले  passowrd थाहा पाउनु पर्ने छ । 
तपाईंले file वा folder खोल्न volume मा double click गर्नुस् अनी password हान्नुस् तपाईंका फाइल वा फोल्डर हरु सजिलै हेर्न सक्नु हुन्छ । तपाईंले आफ्ना file वा folder हरुलाई कुनै external drive जस्तै: pendrive,external harddrive मा सजिलै राख्न सक्नु हुनेछ । 



No comments:

Post a Comment