Wednesday, December 15, 2010

win. logon message बनाउन

दैनिक जिवनमा आजकाल कम्प्युटर अत्यावस्क वस्तु जस्तै भैसकेको छ । हामी घर्-घर मा कम्प्युटर राख्न थाली सकेका छौ । हरेक व्यक्ती सँग कम्प्युटर सम्बन्धी सम्पुर्ण ज्ञान हुन्छ नै भन्ने छैन । तर साथी हरुले कम्प्युटरमा बिभिन्न प्रकारका नयाँ कुरा हरु देखाउदा आफुलाई पनि कुनै नयाँ कुरा गर्न पाए हुन्थ्यो जस्तो हुन सक्छ, त्यसैले म आज तपाईंलाई कम्प्युटर logon गर्दा आफुले चाहेको message कसरी राख्ने भन्ने कुरा भन्न गैरहेको छु । तपाईंका कयौ साथी हरु लाई यो सम्बन्धी थाहा नहुन पनि सक्छ, त्यस्तो अवस्थामा तपाईंले उनिहरुलाई नयाँ कुरा सिकाउन पनि सक्नु हुन्छ । मेसेज कसरी राख्ने ?



१ स्टार्ट मेनु मा क्लिक गरेर रुन छान्नु होस् ।
२ अब, रुन box म regedit टाईप गरि ओके गर्नु होस् वा enter थिच्नुहोस् ।
३ अब यो key सम्म जानुहोस् ।

HKey_Local_Mechine\software\Microsoft\windows NT\Current version\winlogon.

४ अब winlogon मा click गर्नु होस् । त्यहा click गर्ने बित्तिकै दाँया तिर बिभिन्न option आउछन । त्यहा LegalNoticeCaption खोज्नुस् .
५ LegalNoticeCaption मा right क्लिक गरेर modify मा क्लिक गर्नुस् । अब, त्यहाँ NEXT TRICK  लेख्नुस् र ओके गर्नुस् ।
६ अब ठीक त्यसको तल पट्टी रहेको LegalNoticetext मा राईट क्लिक गरेर modify गर्नुस् अनी मेसेज लेखेर ओके गर्नुस् ।
७ registry window बन्द गरेर कम्प्युटर लाई restart गर्नुस् । अब प्रतेक पटक copmuter logon गर्दा त्यहाँ तपाईंले message देख्न सक्नु हुनेछ ।
केही कमेन्ट भए अवस्य लेख्नु होला । धन्यवाद ! 

No comments:

Post a Comment